Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ शिक्षामन्त्री भन्छन्ः शिक्षकसँग वार्ता गर्छु, माग पूरा हुन्छ 

काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामार्फत शिक्षकहरुको माग सम्बोधन गर्न आफु तत्पर रहेको बताएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलबाट सपथग्रहणगरेलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका मन्त्री पन्तले वार्तामार्फत समस्याको समाधान गर्ने बताएका हुन् । 

राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा उनले शिक्षामन्त्रीका रुपमा सपथग्रहण गरेका छन् ।  

पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले शिक्षामन्त्री नियुक्त गरेका थिए । शिक्षामन्त्री विद्या भट्टराईले स्वास्थ्यको कारण देखाउँदै यही वैशाख ८ गते राजीनामा दिएपछि उनी नियुक्त भएका हुन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update