
काठमाडौँ । सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमतिमा विद्यालयमा कार्यरत कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् ।
सरकारसँग भएको सहमतिमा विद्यालयका कर्मचारीहरु सहमत नरहेको भन्दै नेपाल विद्यालय कर्मचारी परिषदले आन्दोलन जारी नै राख्ने भनेको छ ।
विद्यालयमा कार्यरत कर्मचारीहरुको माग पूरा नभएको भन्दै परिषदका अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीले संयुक्त विज्ञप्ति जारी गरी आन्दोनलको कार्यक्रम फिर्ता र सहमतिमा असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले कर्मचारीहरुको समीक्षा बैठक बस्न लागेको र बैठकपछि थप आन्दोनलका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२ ११:५३
प्रतिक्रिया दिनुहोस्