Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सेवा ऐन तत्काल ल्याउन गाउँपालिका महासंघको आग्रह, ८८ स्थानीय तहका काम ठप्प 

काठमाडौँ । गाउँपालिका राष्ट्रिय महासंघ सुदूरपश्चिम प्रदेश समितिले सुदूरका ८८ वटै स्थानीय तहका कर्मचारीले उठाउँदै आएको ऐन निर्माण तत्काल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । 

स्थानयि सेवा ऐन माग्दै सुदृूरपश्चिम प्रदेशका सबै स्थानीय तहका कर्मचारीले प्रदेश मुकाम धनगढी केन्द्रीत आन्दोलन थालेको तीन दिनपछि महासंघले विज्ञप्ति जारी गर्दै ततल ऐन जारी गर्न र स्थानीय तहको कामकाज अघि बढ्ने वातावरण मिलाउन भनेको हो । 

महासंघका प्रदेश अध्यक्ष लोकेन्द्र बहादुर शाहीले एउटा विज्ञप्तिमार्फत स्थानीय तहका कर्मचारीलाई काममा फर्कनसमेत आग्रह गरेका छन् । 

कर्मचारीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अघि तीन दिनदेखि धर्ना जारी राखेका छन् । धर्नाका कारण प्रदेशभरका स्थानीय तहको कामकाज ठप्प छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update