Odapalika - The Fourth Estate - चौथो अंग
सुन्दरहरैँचा नगरपालिकाको नजरमा ढुकुर जोडीका ११ बिशेषता, कसले मार्ला बाजी ? 

काठमाडौँ । मोरङको सुन्दरहरैँचा नगरपालिकाले श्रीमान् श्रीमतीबीचको सम्बन्ध बिच्छेद रोक्न र श्रीमान् श्रीमतीबीच सुमधुर सम्बन्ध बनाउन उत्कृष्ट डुकुर जोडी प्रतियोगिता गर्ने भएको छ । 

नगरपालिकाले हरेक वडाबाट १ जोडीलाई उत्कृष्ट ढुकुर जोडी घोषणा गर्ने भन्दै निवेदन आह्वान गरेको छ । 

१७ जेठसम्ममा पालिकामा निवेदन दिनसक्ने सूचनाका अनुसार उत्कृष्ट ढुकुर जोडी बन्न यस्ता ११ विशेषता जरुरी हुनेछन् । 

कम्तिमा विवाह भएको ११ वर्ष पुरा गरेको हुनु पर्ने । 

श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनुपर्ने । 

विवाह दर्ता गरेको हुनुपर्ने ।

स्थायी रुपमा सुन्दरहरैचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।

छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने । 

नागरिकता बनाउने उमेर पुरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।

विद्यालय जाने उमेर पुरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।

निरन्तर रुपमा संयुक्त परिवारमा (बुवा वा आमार सासु वा ससुरा सँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको हुनुपर्ने ।

बुवाआमा वा सासुससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।

हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरुमा वा समाजमा श्रीमान् श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।

निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दा बढी नबसेको हुनुपर्ने ।

sunder-1747812245.jpeg
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update