सुन्दरहरैचा नगरपालिकाले लोकसेवा तयारी कक्षा ४५ दिनसम्म निःशुल्क पढाउने

काठमाडौँ । मोरङको सुन्दरहरैचा नगरपालिकाले लोकसेवा तयारी कक्षा निःशुल्क रुपमा संचालन गर्ने भएको छ ।

नगरपालिकाले प्रदेश प्रशासन सेवातर्फको पाँचौं थहको पाठ्यक्रममा आधारित कक्षा संचालन गर्न लागेको हो । ४५ दिनको कक्षा संचालन गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले जानकारी दिए ।

कक्षा संचालनको लागि नगरपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरेर सहभागी हुन नागरिकलाई सुचित गरिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए । कम्तिमा प्रविणता प्रमाणपत्र वा सो सरह उतिर्ण गरेको र पुरुषको हकमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको तथा महिलाको हकमा १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्ने नगरपालिकाले जानकारी दिएको छ । नगरपालिकाले आगमी बैशाख २ गतेभित्र निवेदन दिइसक्न भनेको छ ।

निःशुल्क तयारी कक्षामा सहभागी हुनको लागि निवेदको साथमा सम्पर्क नम्बर स्पष्ट खुलाएको व्यक्तिगत निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, योग्यता खुल्ने कागजात, पासपोर्ट साइजको फोनो १ प्रतिशत र नागरिकतामा नगरपालिका बाहिरको स्थायी बासिन्दा देखिए पुरुषको हकमा बसाइ सराइको कागजात तथा महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी पनि आवश्यक पर्ने नगरपालिकाको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, चैत १९, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update