
काठमाडौँ । संघीय निजामती सेवा विधेयक कर्मचारीमैत्री बनाउन दबाब दिदै आज पनि निजामती कर्मचारीहरुले सिंहदरवारभित्र प्रदर्शन गरेका छन् ।
निजामती कर्मचारहिरुको संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले संघीय मामिला तथा सामान्य प्शासन मन्त्रालय अघि आज पनि धर्ना दिएका छन् । कर्मचारीले संघीय संसद भवनको पश्चिम गेटमा धर्ना दिने भनेका थिए । तर अन्तिममा मन्त्रालय अघि बसेर उनीहरुले प्रदर्शन गरे ।
२३ गतेसम्म धर्ना निरन्तर दिने भन्दै कर्मचारहिरु धर्नामा बसेको क्षेत्र भने सरकारले धर्ना जुलुस, प्रर्दशन गर्न निषेध गरेको हो । काठमाडौँ प्रशासनले कोटेश्वर, बल्खु र सिफल क्षेत्रमात्र प्रर्दशनका लागि खुला गरेको छ ।
राजावादीहरुले सिफलमा प्रर्दशन गरिरहदा कर्मचारी भने निषेधित क्षेत्र सिंहदरवारभित्रै प्रदर्शना उत्रिएका छन् । कर्मचारीहरुले २५ जेठ देखि देशभरका कार्यलयमा कालोपट्टी बाँधेर काम गर्ने भनेका छन् । विपक्षीले संसद चल्न दिएमा आजै यो विधेयक संसदमा पेश हुँदैछ ।