
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बित भएका छन् ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
गुरागाइँलाई कार्यालय प्रवेशमा अवरोध गरेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । तर पाण्डेले वुझाएको स्पष्टीकरणमा चित्त नवुझेको भन्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।
काठमाडौँ महानगरको प्रहरी परिचालन गर्ने अधिकार महानगरले बनाएको ऐनले प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ । तर प्रहरी प्रमुख पाण्डेले मेयरको आदेश भन्दौ गुरागाईलाई कार्यालय प्रवेशमा रोकेका थिए ।
पाण्डे निलम्बनमा परेसँगै प्रहरी बलको कमाण्ड सम्हाल्ने जिम्मा भने नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले पाएका छन् ।