
काठमाडौँ । भोजपुरका ५ वटा स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् । भोजपुरका ९ वटा स्थानीय तहमध्ये पाँच वटा पूर्णरुपमा खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका हुन् ।
बुधवार पौवादुङमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएसंगै यस्ता पालिकाको स.ख्या ५ पुगेको हो ।
पालिका भित्रका १५ महिनासम्मका सबै बालबालिकहरुले पूर्णरुपमा खोप लगाएसँगै पालिकालाई पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको पालिका गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
गाउँपालिका अध्यक्ष राईले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्दे पालिकालाई खोप सुनिश्चितता तथा दिगोपना घोषणासँगै अध्यक्ष खत्रीले आगामी दिनमा पनि खोप लगाउनबाट बालबालिकाहरू वञ्चित हुन नहुने बताउँदै महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताए ।
पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा कार्यक्रममा पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, स्वास्थ्य कार्यालयका प्रतिनिधि, विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि, स्वास्थ्य चौकीका प्रमुख, महिला स्वास्थ्य स्वयंसेविकाको लगायतको उपस्थिति थियो ।
हतुवागढी, भोजपुर नगरपालिका, साल्पासिलिछो गाउँपालिका, अरुण गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भइसकेका छन् । जन्मदेखि १५ महिनासम्मका बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार सरकारले उपलब्ध गराउने सबै खोप लगाएको सुनिश्चित भए पछि वडा, पालिका र जिल्लालाई प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको छ ।
यसैबीच, पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो ।
तालिममा सहभागी किसानलाई माटो परीक्षण गर्ने तरिका, परीक्षण गर्नु अघि खेतबारीबाट माटो सङ्कलन गर्ने तरिका, बालीमा प्रयोग गर्ने बीउबिजन तथा विषादीको प्रयोग गर्ने तरिकालगायतको सीप सिकाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए ।
आगामी आर्थिक वर्षमा सीप लिएकालाई माटो परीक्षणका लागि आवश्यकयन्त्र, उपकरण गाउँपालिकाले प्रदान गर्ने प्रमुख प्रशासकीय अधिकृत भट्टराई बताउँछन् ।
गाउँपालिकाले मुख्य रुपमा अकबरे खुर्सानी खेतीसँगै माटो र हावापानी सुहाउँदो नगदेबाली खेतीमा जोड दिएकोले किसान आफैँले आवश्यक ज्ञान, सीप लिन सक्ने वातावरण तयार गर्न कार्यक्रम सञ्चालन गरिएको छ ।