
काठमाडौँ । झापाको भद्रपुर नगरपालिकामा ‘युवाहरूको सशक्तीकरणः जलवायु कार्य नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो’ भन्ने नाराका साथ आजदेखि दोस्रो नगर युवा सम्मेलन हुदैछ ।
भद्रपुर नगरपालिका, नगर युवा परिषद्को आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा नगरभित्रका १६ देखि २४ वर्ष उमेर समूहका २२० जना युवा सहभागी हुने नगरप्रमुख गणेश पोखरेलले बताए ।
सम्मेलनमा युवाहरूको नेतृत्व विकास, परिचालन, सशक्तीकरण र स्थानीय विकासमा सहभागिताका लागि युवाहरूमा सकारात्मक उत्प्रेरणा मिल्ने नगरप्रमुख पोखरेलको भनाइ छ ।
विश्वव्यापी जलवायु प्रभाव, स्थानीय विकासमा युवा सहभागिता र युवा अभियानबारे युवाहरूको परिचालनको अवगत गराई स्थानीय युवा परिचालनको अवस्थामा सुधार ल्याउन सम्मेलनले सहयोग गर्ने नगरको अपेक्षा छ ।
सम्मेलनमा वैज्ञानिक, समाजिक अभियन्ता, कवि, कलाकारलगायत सम्बन्धित विषयका विज्ञहरूले प्रस्तुतीकरण गर्ने आयोजकले जनाएको छ ।