Odapalika - The Fourth Estate - चौथो अंग
यसपटक भेटिएलान त ७० हजारमा सर्वोत्कृष्ट कर्मचारी ? 

काठमाडौँ । सरकारले सर्वोत्कृष्ट र उत्कृष्ट निजामती कर्मचारीको नाम सिफारिस गरेर पठाउन देशभरका स्थानीय तह र जिल्ला सामन्वय समितिसहितका सबै कार्यालयमा पत्राचार गरेको छ । 

निजामती पुरस्कार सिफारिस समितिका संयोजकसमेत रहेका मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले पुरस्कारका लागि नाम सिफारिस गरेर पठाउन देशभरका निजामती कर्मचारीलाई पत्राचार गरेको हो । 

२२ भदौमा मनाइने निजामती सेवा दिवसका दिन सरकारले निजामती पुरस्कार दिदै आएको छ । सरकारले सर्वोत्कृष्ट र उत्कृष्ट निजामतीलाई पुरस्कार दिदै आएको भए पनि विगत ८ वर्षदेखि सर्वोत्कृष्ट कर्मचारी फेला परेका छैनन् । 

संघ प्रदेश र स्थानीय तहमा गरी ७० हजार हाराहारीमा निजामती कर्मचारी छन् । तीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र र निजामती गर ि३ विधामा पुरस्कार दिदै आएको छ । सर्वोत्कृष्टलाई २ लाख रुपैयाँ पुरस्कार दिने गरिएकामा ८ वर्षयता यस्ता कर्मचारी फेला परेका छैनन् । यसपटक पनि भेटिएन भने यो क्रम नवौं वर्षमा प्रवेश गर्नेछ । 

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update