Odapalika - The Fourth Estate - चौथो अंग
निजामती विधेयकको विरोधमा देशभरका कर्मचारीले बाँधे कालोपट्टी, के होला आज संसदमा? 

काठमाडौँ । संघीय निजामती सेवा विधेयक कर्मचारीमैत्री बनाउन दबाब दिदै निजामती कर्मचारीहरुले आजबाट हातमा कालोपट्टी बाँधेर काम थालेका छन् । 

शुक्रवारसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि धर्ना दिएका उनीहरु सिंहदरवारभित्र प्रदर्शन गरेका छन् । 

निजामती कर्मचारीहरुको संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अघि धर्ना कार्यक्रम सकेर अवब कालोपट्टी आन्दोलन सुरु भएको बताएका छन् । 

उनीहरुले कालोपट्टी बाँधेकै दिन आज विपक्षीको अवरोध नभए रज्य व्यवस्था समितिले विधेयमाथि तयार पारेको प्रतिवेदन संसदमा पेश हुँदैछ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update