Odapalika - The Fourth Estate - चौथो अंग
बन मुद्दा खेपिरहेका बागमती नगरपालिकाका मेयरलाई ५० लाख धरौटी बुझाउन आदेश

काठमाडौँ । जिल्ला अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । 

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

उनीमाथि अदालतमा अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन ऐनविपरितका कार्य गरेको अभियोग छ ।

१ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी भएको मुद्दामा उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । उनीविरुद्ध विशेष अदालतमा पनि भ्रष्टाचार मुद्दा बिचाराधीन छ ।

यो प्रकरणमा थापासहित उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीसमेत मुछिएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update