Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारका कुराः भवन कहाँ बनाउने भनेर मतदान, तैपनि जुटेन २ तिहाइ

काठमाडौँ । स्थानीय सरकारहरु स्थापना भएकादेखि नै उनीहरुले ठूलो रकम भौतिक पूर्वाधारमा खर्च गरिरहेका छन् ।  स्थानीय सरकारले आफ्नै भवन बनाउन करोडौ खर्च गरिरहदा ९ वर्षदेखि भवन बनाउने विवादमा फसेको थियो बागलुङको काठेखोला गाउँपालिका ।

२०७३ सालबाट प्रशासनिक भवन कहाँ बनाउनेभ नेर सुरु भएको विवाद १७औँ गाउँसभाले बल्ल टुंगो लगाएको छ । बागलुङका १० मध्ये यो मात्रै आफ्नो भवन नभएको पालिका थियो । 

असार १० गते १७औँ गाउँसभाको बैठकमा पालिकाको केन्द्र टुङ्ग्याएर भवन बनाउने विषयमा मतदानसमेत  नै गर्नुपर्यो । 

मतदानका क्रममा अक्षते र सुलल्डाँडा मध्ये कुनै एक ठाउँका लागि दुईतिहाइ मत पुगेन ।  अक्षतेमा प्रशासकीय भवन निर्माण गर्न १५ जना र सुल्डाँडामा बनाउनुपर्छ भन्ने पक्षमा २५ मत परेको थियो । ४३ जना कार्यपालिका रहेको काठेखोलामा दुई जना अनुपस्थित थिए । 

बहुमत नपुगेपछि असार १८ गते सर्वदलीय बैठक बसेर पालिकाको प्रशासनिक केन्द्र अछेते र सुल्डाँडालाई मान्ने र पालिकाको भवन काठेखोला गाउँपालिका–६ स्थित आमपाटामा निर्माण गर्ने सहमति भयो । 

सो सहमतिपछि बिहीबार बसेको १७औँ गाउँसभामा सर्वसम्मत रूपमा पास भएको गाउँपालिकाका अध्यक्ष राजु थापा बताउँछन् । 

आमपाटामा स्थानीयले ६ रोपनी जग्गा निःशुल्क प्रदान गरेको उनकोभ नाइ छ ।  राजनीतिक दलको एकताका कारण निर्वाचनपछि समेत नटुङ्गिएको भवन निर्माणस्थल सर्वसम्मतिमा टुङ्गो लागेको छ । पालिकाले अहिले मासिक ६० हजार तिरेर सुल्डाँडाबाट सेवा दिँदै आएको छ ।

उता पोखरा महानगरपालिका–५ को सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएको गरेको छ । महानगरको ४ करोड ६४ लाख रुपैयाँ लागतमा चारतले भवन निर्माण भएको हो । 

महानगरका प्रमुख धनराज आचार्यका अनुसार महानगरका ३३ वटा वडामध्ये अब २ वटा वडामा मात्र भवन बन्न बाँकी छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update