Odapalika - The Fourth Estate - चौथो अंग
भक्तपुर र जाजरकोटका सबै स्थानीय तह पूर्णखोप सुनिश्चित 

भक्तपुर । भक्तपुर र जाजरकोट जिल्लाका सबै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । यी दुबै जिल्लाका सबै स्थानीय तह पूर्णखोप युक्त भएपछि जिल्लालाइ पनि पूर्णखोप जिल्ला घोषण गरिएको हो ।

बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुरलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्दै खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गरे । 

जिल्लाका ४ वटै स्थानीय तह  पूर्णखोप सूनिश्चित घोषणा गरिसकिएको छ । उनले भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई टेलिमेडिसिन हब बनाएर २४सै घण्टा सेवा सञ्चालन गर्नेगरी प्रदेश स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको बताए ।

प्रदेश सरकारले पनि एमडी र एमबिबिएसको पढाइ सुरु गरेको बताउँदै उनले भक्तपुर अस्पताललगायत प्रदेश अस्पताल भवन, अधुरो स्वास्थ्य चौकीका भवनलाई पूर्णता दिनगरी बजेटको व्यवस्थापन गरेको बताए ।

जाजरकोटका ७ वटैै स्थानीय तहअन्तर्गत १६ देखि २३ महिना उमेर समूहमा पर्ने बालबालिकाले राष्ट्रिय नियमित खोप तालिका अनुसार तोकिएको सम्पूर्ण खोप सेवा प्राप्त गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. सुनील पुनले १६ देखि २३ महिना उमेर समूहका बालबालिकाले नियमित खोप तालिका अनुसार सम्पूर्ण खोप लिइसकेपछि जिल्लाले पूर्णखोप सुनिश्चितता हासिल गरेको बताए । जिल्लका हजारौँ बालबालिकालाई लक्षित गरी खोप सेवा पु¥याइएको हो ।

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update