Odapalika - The Fourth Estate - चौथो अंग
नाडा प्रतिनिधिमण्डल र प्रधानमन्त्रीबीच भेट, अटो शोको उद्घाटन प्रधानमन्त्री गर्ने

काठमाडौँ । नाडा अटोमोबाइलस एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको छ । 

उक्त भेटमा आगामी ३ देखि ८ भदौसम्म काठमाडौंमा आयोजना गरिन लागेको १७औँ संस्करणको नाडा अटो शो २०२५को प्रमुख अतिथिको रूपमा उद्घाटन गरिदिन अटोमोबाइल व्यवसायीले आग्रह गरे ।

सो भेटमा नाडा प्रतिनिधिमण्डलको सो आग्रहलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेको नाडा अध्यक्ष चौधरीले जानकारी दिए । उनले यसबाट अटोमोबाइल व्यवसायीहरूमा थप हौसला र प्रेरणा मिलेको महसुस बताए । 

अध्यक्ष चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानियाँ, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेलको सहभागिता थियो ।

काठमाडौंको भृकुटी मण्डप परिसरमा आयोजना हुने नाडा अटो शो २०२५ मा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारीसाधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो, पहिलोपटक नेपालमा प्रदर्शन हुँदै गरेका युनिट्री बोट्स् र दिपल भीटीओएल यूएभीजस्ता आकर्षक र भविष्यउन्मुख प्रविधिहरूसमेत प्रदर्शनीमा राखिने जानकारी अध्यक्ष  चौधरीले दिए । 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update