Odapalika - The Fourth Estate - चौथो अंग
एमसीसी अनुदानमा बन्ने प्रसारणलाइनका दुई खण्डको ठेक्का सम्झौता आज

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को अनुदान सहयोगमा बन्ने दुई खण्डको ठेक्कामा आज सम्झौता हुने भएको छ ।

एमसीसीअन्तर्गत निर्माण हुने २९७ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारणलाइनमध्येको दुई खण्ड निर्माणका लागि आज  ठेक्का सम्झौता हुने एमसीए नेपालले जनाएको छ ।

रत्माटे–नयाँ दमौली प्रसारणलाइन निर्माणका लागि एन्जेलिक–स्किपर जेभीसँग सात करोड ७४ लाख ८० हजार अमेरिकी डलरमा ठेक्का सम्झौता हुन लागेको हो ।

नयाँ दमौली–नयाँ बुटवल प्रसारणलाइन निर्माण गर्न नेपाली निर्माण कम्पनी वाइबा–सलासार जेभीसँग सात करोड ७० लाख ३० हजार अमेरिकी डलरमा सम्झौता हुन लागेको एमसीएले जनाएको छ । यी दुई खण्ड २९७ किलोमिटर लामो प्रसारणलाइनका दुई खण्डअन्तर्गत पर्छन् ।

एमसीए–नेपालका अनुसार, यो सम्झौताले नेपालमा विद्युत् प्रसारण पूर्वाधार सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।
   
 

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update