Odapalika - The Fourth Estate - चौथो अंग
भोटेकोशी गाउँपालिकाले भन्यो – सरुवा चाहने शिक्षकले निवेदन दिनू

सिन्धुपाल्चोक — भोटेकोशी गाउँपालिका–३ स्थित गुप्तेश्वरी आधारभूत विद्यालयमा रिक्त रहेको प्रावि तहको शिक्षक पदमा सरुवाको प्रक्रिया अघि बढाइने भएको छ।

गाउँपालिकाले प्रकाशित सूचनामा इच्छुक स्थायी शिक्षकहरूले शिक्षा नियमावलीअनुसार १५ दिनभित्र निवेदन दिनुपर्ने जनाएको छ। विद्यालयमा कार्यरत स्थायी शिक्षकले आवश्यक कागजातसहित विद्यालयको इमेल ([email protected]) मार्फत निवेदन पेश गर्न सक्नेछन्।

सूचनामा तोकिएको म्याद नाघेपछि वा अपूर्ण विवरण पेस गरेमा निवेदन अमान्य हुने जानकारी  दिइएको छ।  

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update