टिचिङ अस्पतालले माग्यो करार सेवामा डाक्टरदेखि हेल्थ असिस्टेन्टसम्म

काठमाडौँ । शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जले स्वास्थ्य तर्फका ८ पदमा करार सेवामा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। 

शिक्षण अस्पताल कर्मचारी प्रशासन शाखाले आज सूचना जारी गर्दै क्लिनिकल रजिस्ट्रार (सर्जिकल तर्फ ग्यास्ट्रोइन्टेरोलोजी विभाग)देखि हेल्थ असिस्टेन्टसम्म गरेर आठ स्वास्थ्यकर्मीका लागि दरखास्त आह्वान गरेको हो। 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही भदौ ११ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। हेल्थ असिस्टेन्ट पदका लागि भने भदौ १९ गतेसम्म आवेदन दिन सकिने छ। 

teaching-1755741820.jpg
 


 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update