
मुस्ताङ । मुस्ताङमा फलेका स्याउ टिप्ने बेला भएको छ । काठमाडौँ लगायत शहरी क्षेत्रमा उच्च माग हुने गरेका मुस्ताङका स्याउको मूल्य बगैचामा नै प्रतिकेजी २५० रुपैयाँमा विक्री हुने गरेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे गाउँका किसान निरज तुलाचनको आइ.पी.एम. एप्पल फार्ममा लटरम्म फलेको स्याउ टिप्ने बेला भएको छ । उनको बगैँचामा उच्च घनत्वमा उत्पादन हुने गाला, फुजी, किङरड जातका स्याउ यतिबेला व्यापारीले बगैँचा मै प्रतिकेजी रु २५० तिरेर किन्ने गरेका छन् ।
राष्ट्रिय समाचार समितिका लागि पत्रकार सुशीलबाबु थकालीले क्यामेरामा कैद गरिएका स्याउका तस्वीरहरुः
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२ ११:४९
प्रतिक्रिया दिनुहोस्