Odapalika - The Fourth Estate - चौथो अंग
खुम्बु पासाङल्हामु गाउँपालिकामा बाढीले ५ घर बगायो, ६ घरमा क्षति

सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा आएको बाढीले ५ घर पूर्णरूपमा क्षति भएको छ । 

भाद्र १५ गते राति थामे खोलाको बग्ने बाटो मोडिएर बस्तीमा प्रवेश गर्दा ५ वटा घर पूर्णरूपमा बगाएको छन् भने ६ वटा घर आंशिक क्षति पुगेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन कुमार बुढाथोकीले जानकारी दिए। 

बाढीका कारण बिजुलीको पोल र वितरण प्रणाली, सञ्चार सेवा लगायतका संरचना समेत अवरुद्ध भएका छन् । तत्कालीन उद्धार तथा राहत कार्यका लागि मानवीय सहयोग आवश्यक रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा  हाल अविरल  बर्षा भइरहेको कारण यसबाट हुनसक्ने क्षतिको सम्भावना कायमै रहेकाले थामे क्षेत्र लगाएत सम्पुर्ण तटीय क्षेत्रमा रहेका बासिन्दाहरुलाइ  सतर्कता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ । 

साथै प्रभावित परिवारलाई तत्कालीन सहयोग पु¥याउन समेत आह्वान गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update