Odapalika - The Fourth Estate - चौथो अंग
खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ हुँदै

सोलुखुम्बुः खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ । 

सार्वजनिक सुनुवाइ असोज ३० गते हुने भएको हो । यस कार्यक्रमअन्तर्गत गाउँपालिकाको आर्थिक वर्ष २०८२÷८३ योजना अन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिका वडा न ३ मा कार्यान्वयन भएका जनसेवा आ।वि प्राङ्गण निर्माण योजना र ठूलो गुमेला राङदिङ  र फायर फाइटिङ निर्माण योजना सम्पन्न भएको छ । 

त्यसैले  उक्त योजनाको सार्वजनिक सुनुवाइ हुने भएको वडा न ३ का वडा सचिव हेमराज प्रधानले जानकारी दिए। कार्यान्वयन भएका योजनाहरूको प्रगति र उपलब्धिहरू सार्वजनिक गरिने छ । 

सार्वजनिक सुनुवाइ खुम्बु पासाङल्हामु–३ स्थित टोकटोक सामुदायिक वनको भवनमा बिहान ११ बजे सुरु हुने वडाले जनाएको छ । 

 सुनुवाइ कार्यक्रमले स्थानीय स्तरमा विकास योजनाको पारदर्शिता र जवाफदेहितामा मद्दत पु¥याउने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update