
काठमाडौैं । यस वर्षको दशैँमा बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवाडटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई उपहारस्वरुप खसी उपहार दिने भएको छ । अग्रीम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा गरेको हो ।
यस्तै, बससेवाले १५ भदौदेखि नै बस तथा हवाइजहाजको टिकटमा आंशिक प्रि–बुकिङ खुला गरिसकेको छ । यात्रुहरुले ११ असोजसम्म बुकिङ गर्न सक्नेछन् ।
बस सेवाका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पीआर खनालका अनुसार पहिलो चरणमा पोखरा, चितवन, धरान, काकडभिट्टा र विराटनगर रुटका लागि बस टिकटमा प्रि–बुकिङ खुला गरिएको छ । बाँकी रुटमा भने केही दिनपछि खुला गर्ने उहाँको भनाइ छ ।
बस सेवाले देशभरका ७० भन्दा बढी जिल्लामा अनलाइनमार्फत बसको टिकट उपलब्ध गराउँदै आएको छ । एक दशकभन्दा बढी समयदेखि सेवारत बससेवाले यसपटकदेखि हवाइजहाजको टिकट समेत उपलब्ध गराएको छ । हवाई सेवा पुगेका सबै जिल्लाका उडानका लागि टिकट उपलब्ध रहेको जनाइएको छ ।
बससेवाबाट टिकट काट्नेमध्ये सयजनालाई फ्रि टिकट
१५ भदौदेखि ११ असोजसम्म मोबाइल एप (बससेवा) र वेब साइट (बससेवाडटकम) मार्फत टिकट काट्ने यात्रुहरुलाई बस सेवाले विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरुमध्ये एक सयजनालाई निःशुल्क टिकटको व्यवस्था, पाँचजनालाई खसी उपहार र ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेल समेत गर्न सक्ने व्यवस्था गरेको छ ।
के हो बससेवा ?
बससेवा अनलाइनबाट बस/हवाइजहाजको टिकट उपलब्ध गराउने सहज माध्यम हो । बससेवाको मोबाइल एप वा अनलाइनबाट आफूलाई मनपर्ने बस र सिट रोजेर सजिलै टिकट काटी यात्रा गर्न सकिन्छ ।
बससेवाबाट टिकट किन काट्ने ?
बससेवाबाट टिकट काट्दा समय र खर्च दुवैको बचत गरी मोबाइलबाटै टिकट काट्न सकिन्छ । यस्तै, बसमा उपलब्ध सेवा र शुल्क दाँजेर आफूलाई मनपर्ने बसमा यात्रा गर्न सकिन्छ भने काउन्टरकै दरमा टिकट उपलब्ध हुने र बससेवाका विभिन्न अफरको लाभ उठाउन सकिने बससेवाले जानकारी दिएकाे छ ।