Odapalika - The Fourth Estate - चौथो अंग
बससेवाले खोल्यो दशैंका लागि टिकट बुकिङ, ७० भन्दाबढी जिल्लाको टिकट अनलाइनबाटै काट्न सकिने

काठमाडौं । बससेवाले दशैंका लागि टिकट बुकिङ खुलाएको छ । बससेवाको मोबाइल एप र बससेवा डटकममा गएर यात्रुहरूले नेपालका ७० भन्दा बढी जिल्लाका लागि मोबाइलबाटै बस र हवाइजहाजको टिकट सहजै काट्न सक्नेछन् ।

​बससेवाले १५ भदौदेखि नै आंशिक टिकट बुकिङ खुलाएको बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले जानकारी दिए ।

‘बससेवाको सिस्टममा पर्याप्त टिकट छन् । यात्रुहरूले मोबाइलबाटै टिकट बुकिङ गरी सहजै यात्रा गर्न सक्नुहुनछ,’ उनले भने ।

हवाइ टिकट काट्दा पाँच सयसम्म क्यास ब्याक

मोबाइल एप्लिकेशन बससेवा र बससेवा डटकमबाट हवाइ टिकट काट्ने यात्रुले हरेक टिकटमा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने छन् । बस सेवाका सिइओ खनालका अनुसार क्यास ब्याकको अफर मंसिर महिनसम्म रहनेछ । यात्रुहरूले हवाइ उडान हुने नेपालभरका सबै जिल्लाको टिकट मोबाइल एप र वेभसाइटबाट लिन सक्नेछन् ।

बससेवाबाट टिकट काट्ने पाँचजनालाई खसी उपहार

बससेवाले बससेवा मोबाइल एप्लिकेसन र बससेवा डटकमबाट बस तथा हवाइजहाजको टिकट काट्नेलाई खसी उपहार समेत दिने भएको छ । अग्रिम टिकट बुकिङ गर्नेमध्ये पाँचजनालाई उपहारस्वरुप खसी दिने घोषणा कम्पनीले गरेको हो ।

सयजनालाई फ्रि बस टिकट

बससेवामार्फत टिकट काट्ने यात्रुहरूलाई अन्य विभिन्न उपहारको समेत व्यवस्था गरेको छ । यस अवधिमा टिकट काट्ने यात्रुहरूमध्ये एक सयजनालाई निःसुल्क टिकट, ५० जनालाई दुई हजार रुपैयाँ बराबरको लुगा किनमेलको समेत व्यवस्था गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update