
सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
आगामी कात्तिक १४, १५ र १६ गते निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने भएको हो । उक्त शिविर हिमाली गाउँ विकास प्रतिष्ठान, काठमाडौंको आयोजनामा टाक्सिन्दु गुम्बाको प्राङ्गणमा सच्चालन हुने हिमाली गाउँ विकास प्रतिष्ठानका चियरमेन निमा शेर्पाले जानकारी दिए।
पछिल्ला वर्षझैँ यस वर्ष पनि नेपाली दक्ष चिकित्सकहरूको टोलीले स्थानीय बासिन्दाहरूका लागि स्वास्थ्य सेवा प्रदान गर्नेछ। शिविरमा दाँत परीक्षण, आँखाको परीक्षण, सामान्य स्वास्थ्य परीक्षण लगायतका सेवा निःशुल्क रूपमा उपलब्ध हुने चियरमेन निमा शेर्पाले बताए।
स्वास्थ्य परीक्षण शिविर प्रत्येक दिन बिहान ८ बजे देखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। शिविर कात्तिक १४ गते टाक्सिन्दु गुम्बा आसपास र रिङमु, छुल्यामुमा सच्चालन हुने छ । कात्तिक १५ गते हेवा , डेकु नुनथला क्षेत्रका लागि, र कात्तिक १६ गते होर्सिङा राइ गाउँ सबै, छागाँ लगायतका क्षेत्रमा सेवा प्रदान गरिनेछ।
आयोजक संस्थाले सो अवसरमा स्थानीयवासीहरूलाई स्वास्थ्य परीक्षणमा सहभागी भई आफ्नो स्वास्थ्यको जाँच गराई लाभ उठाउन आग्रह गरेको छ। हिमाली गाउँ प्रतिष्ठान, काठमाडौंले प्रत्येक वर्ष गाउँ–गाउँमा पुगेर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
यसपटकको टाक्सिन्दु स्वास्थ्य शिविरले पनि ग्रामीण बासिन्दाहरूको स्वास्थ्य सुधारमा ठूलो योगदान पु¥याउने विश्वास लिइएको छ।