Odapalika - The Fourth Estate - चौथो अंग
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभा गर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले सातै प्रदेशमा एकता सन्देश सभाका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार (कात्तिक २२) बसेको बैठकले निर्वाचन तयारीसम्बन्धी कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी ढंगबाट अभियानका रूपमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकले पार्टीअन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न १० कम्युनिस्ट पार्टीले एकता राष्ट्रिय सम्मेलन गरी यही कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टी गठन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update