काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको नरहरिनाथ गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनसोभा बुढासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बुढासहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, सब इनिजिनियरहरू अमर शाही र अनिलकुमार विष्ट, वडा नम्बर ७ का तत्कालीन अध्यक्ष दलबहादुर विश्वकर्मा, उपभोक्ता समितिका अध्यक्ष नरेशबहादुर शाही, सचिव कासी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्माविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरूविरुद्ध जनही १९ लाख ४८ हजार ४८८ रूपैयाँ बिगो कायम गरिएको छ ।
वडा नम्बर ७ स्थित ओख्रेनी ओडीखोला सिँचाइ कुलो निर्माण भन्ने ओगडेनी आडिखोला सिँचाइ कुलो निर्माणका क्रममा वास्तविक कमभन्दा बढी काम भएको भन्दै अनियमितता गरेको अभियोगपत्रमा उल्लेख छ ।







