Odapalika - The Fourth Estate - चौथो अंग
नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत

काठमाडौँ । बैतडी जिल्लाको पाटनस्थित नयाँ सहर आयोजनाको कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको छ । बैतडीसहित दार्चुला र बझाङ जिल्ला हेर्नेगरी उक्त आयोजना सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको हो । 

सरकारले विसं २०६८ मा नयाँ सहर विकास आयोजना अघि बढाउने उद्देश्यले पाटनमा कार्यालय स्थापना गरेको थियो । नयाँ सहर विकाससँग सम्बन्धित काम पनि अब यही कार्यालयबाटै अघि बढाइने कार्यालयका इञ्जिनियर प्रकाशकुमार शाहले जानकारी दिए ।

यसैबीच सघन सहरी तथा भवन निर्माण आयोजनाको पाटन कार्यालय प्रमुखको रूपमा झङ्कबहादुर थापा नियुक्त भएका छन् । नयाँ सहरको कार्यालय अब सघन सहरी आयोजनामा समाहित भएको छ । नयाँ सहरसँग सम्बन्धित सबै काम यही कार्यालयबाट समन्वय गरिनेछ,’ शाहले भने ।

नयाँ सहरसँग सम्बन्धित महत्त्वपूर्ण काम हाल अलपत्र अवस्थामा रहेकाले कामलाई पूर्णता दिने उद्देश्यले एकिकृत गरिएको उनको भनाइ छ ।

‘मुख्य रूपमा जग्गा एकीकरणको काम अझै सुरु हुन सकेको छैन भने निर्माण गरिएका अधिकांश संरचना प्रयोगमा आएका छैनन्,’ उनले भने ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update