Odapalika - The Fourth Estate - चौथो अंग
जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौं- न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ।

जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकामा मधेसीबाहेकका कोटाबाट न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्समक्ष सिफारिस गरिएको हो।

आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार जिल्ला न्यायाधीशमा आन्तरिक खुलाबाट ११, खुलाबाट छ, महिला एक र आदिवासी जनजाति दुई जना छानिएका छन् । लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताका लागि २७ जना छनोट भएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  २१:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update