काठमाडौं । नेपालले इंग्ल्यान्ड र वेल्समा हुने महिला टी–२० क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर्सअघि तीन देशसँग अभ्यास शृंखला खेल्ने भएको छ ।
मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले खेलतालिका सार्वजनिक गर्दै घरेलु टोलीले तीन देशसँग अभ्यास शृंखला खेल्ने जनाएको हो । क्यानका अनुसार, नेपालले संयुक्त राज्य अमेरिका, स्कट्ल्यान्ड र जिम्बावेविरुद्ध अभ्यास शृंखला खेल्न लागेको हो ।
नेपालले आगामी जनवरी ७ मा पहिलो अमेरिकासँग पहिलो खेल्नेछ । यसपछि, क्रमशः जनवरी ९ र जनवरी ११ मा स्कटल्यान्ड र जिम्बावेसँग अभ्यास शृंखला खेल्ने तालिका छ । यी तीनै खेल काठमाडौंको मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा हुनेछ ।
नेपालले आगामी माघ ४ गतेदेखि विश्वकपको ग्लोबल क्वालिफायर्स आयोजना गर्दै छ । घरेलु टोलीसहित १० राष्ट्र सहभागी यस छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । समूहमा नेपालसँगै नेदरल्यान्ड, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे छन् । समूह ‘ए’ मा भने बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपु न्युगिनीया र यूएसए छन् ।
अभ्यास शृंखलासँगै छनोटको निम्ति नेपाली टोलीको घोषणा समेत भइसकेको छ ।
यस्तो छ नेपाली टिम
इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सोमु विष्ट, राजमती ऐरी, मनीषा उपाध्याय





