काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का वडाध्यक्ष प्रकाशजंग पाण्डे सपरिवार अमेरिका उडेका छन् । उनकी श्रीमतीलाई अमेरिकाको डिभी परेपछि पाण्डे परिवार अमेरिका गएको हो ।
डिभी परेपछि सपरिवार अमेरिका जान लागेको वडाध्यक्ष पाण्डेले बताए ।
‘म अहिले विदेश जानको लागि एयरपोर्टमा छु । तपाईंलाई कार्यवाहक वडाध्यक्षले सम्पर्क गर्नुहुन्छ है,’ एयरपोर्टमा रहेका वडाध्यक्ष पाण्डेले वडापालिकासँग भने ।
उनले आफू अमेरिका जान लागेको बताए ।
यस्तै, उनले वडा सदस्य राजुमान लामालाई कार्यवाहक दिएको पनि बताए ।
‘वडा सदस्य राजुमान लामालाई कार्यवाहक दिए जादैछु । अमेरिका बसाई अलि लामै हुन्छ होला,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ १६:४४
प्रतिक्रिया दिनुहोस्





