मोरङ- आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा कोशी प्रदेश अन्य समूहतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
अन्य समूहतर्फ कांग्रेसका थापाको एकल उम्मेदवारी दर्ता भएको राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । निर्वाचनका लागि कोशी प्रदेशको अन्य, दलित समूह र महिला महिला समूहको दुई स्थानका लागि चार जनाको उम्मेदवारी परेको छ।
त्यस्तै दलित र महिला समूहतर्फ कांग्रेस र एमाले गठबन्धनबाट सोम पोर्तेले र रोश्नी मेचेले मनोनयनपत्र दर्ता गराउनुभएको छ । यसैगरी नेपाली कम्युनिष्ट पार्टीले दलित र महिला समूहतर्फ खेमराज सुन्दास र नमिता न्यौपानेले मनोनयन दर्ता गरेका छन्।






