राष्ट्रियसभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने

काठमाडौँ ।  निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ। 

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेशका राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। 

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने छ।

आयोगले पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने कार्यतालिका छ। 

त्यसैगरि पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। 

राष्ट्रिय सभाका रिक्त हुन लागेका १८ पदमा आगामी माघ ११ गते निर्वाचन हुनेछ। 

 

प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  ०६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update