Odapalika - The Fourth Estate - चौथो अंग
बित्थडचिर गाउँपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार (माघ १४) विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विष्टसहित सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट र लेखापाल हर्कबहादुर विष्टको मिलेमतोमा २६ लाख ५४ हजार ६८३ रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । 

उनीहरूले विद्यालयको भवन निर्माणमा फर्जी बिल भपाई राखेर बढी मूल्यांकन गराएर भुक्तानी लिनुदिनु गरेको अभियोग अख्तियारले लगाएको छ । 

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update