काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ । तर, तराईमा हुस्सु र कुहिरो लाग्नेछ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा सामान्यतया मौसम सफा रहने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो रहनेछ ।
पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
विभागले राति तराई क्षेत्रका थोरै स्थानमा हुस्सु रहने बताएको छ । देशको पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेने विभागको पूर्वानुमान छ ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२ ०६:४१
प्रतिक्रिया दिनुहोस्







