काठमाडौँ । ललितपुर गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु भएको छ। गोदावरी नगरपालिका ११ टाखेलस्थित सडकमा बा प्र ०१-००४ क १५४८ नम्बरको बसले बा प्र ०२-०५५ प ४२३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका ११ बस्ने १९ वर्षीय सौगात गोलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२ ०६:४०
प्रतिक्रिया दिनुहोस्







