Odapalika - The Fourth Estate - चौथो अंग
हंसपुरका नगरप्रमुख यादवको निधन

काठमाडौं । धनुषाको हंसपुर नगरपालिकाका नगरप्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मेयर यादवको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो ।

गत शुक्रबार राति आफ्नै निवासमा रहँदा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल उपचारका लागि जनकपुरस्थित न्युरो अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । 

२०७९ सालको स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसबाट नगरप्रमुखमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ०७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update