Odapalika - The Fourth Estate - चौथो अंग
जितको खडेरी तोड्यौँ, खेलका कमजोरी सुधार्नेछौँ : कप्तान पौडेल

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले आगामी दिनमा नेपालको खेल सुधार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्कटल्यान्डसँगको जितपछि उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । आफूहरू इटालीसँगको खेलमा चुकेको भन्दै उनले भने,' हामी इंग्यान्डसँगको जस्तो खेल प्रदर्शन गर्न सधैँ चाहन्छौँ । इटालीसँग हामी चुक्यौँ । आगामी दिनमा हामी गल्ती सुधारेर अघि बढ्नेछौँ,' उनले भने ।

विश्वकपमा आफ्नो दोस्रो कप्तानीमा जित निकाल्नु आफ्नो लागि निकै महत्त्वपूर्ण विषय रहेको उनले बताए । 'स्कटल्यान्ड जस्तो टोलीलाई १७० मा रोक्नु हाम्रो लागि निकै उपलब्धिमूलक क्षण हो । हामीले विकेट लिनेमा भन्दा पनि डट बलमा ध्यान केन्द्रित गर्‍यौँ,' उनले भने ।

आजको नतिजा दीपेन्द्र सिंह ऐरी र गुल्सन झाको कारणले आएको भन्दै दीपेन्द्र म्यान अफ द म्याचका लागि योग्य रहेको उनले बताए । 'यो खेलमा हाम्रो ढुकढुकी निकै बढेको थियो । दीपेन्द्र र गुल्सनले उत्कृष्ट प्रदर्शन गर्दै खेल जिताए,' उनले भने । 

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update