Odapalika - The Fourth Estate - चौथो अंग
सरुमारानी गाउँपालिकाले दियो फागुन १५ गते सार्वजनिक विदा, यस्तो छ कारण

काठमाडौँ । प्युठान जिल्लाको सरुमारानी गाउँपालिकाले फागुन १५ गते सार्वजनिक विदा दिएको छ ।

गाउँपालिकाको फागुन ११ गते बसेको गाउँ कार्यपालिका बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले जानकारी दिए ।

गाउँपालिकाले ४४औं मगर दिवसको अवसरमा सार्वजनिक विदा दिएको हो । अघिल्ला वर्षहरुमा पनि मगर दिवसको दिन सार्वजनिक विदा दिने चलन थियो । विदाको दिन गाउँपालिका, वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु र पालिकाभित्रका सबै शिक्षण संस्थाहरु बन्द रहने गाउँपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update