काठमाडौँ । मध्यपूर्वमा जारी तनावका बिच इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी कोमामा रहेको दाबी गरिएको छ।
गत फेब्रुअरी २८ मा इजरायल-अमेरिकाको हवाई आक्रमणमा गम्भीर घाइते भएपछि उनी कोमामा रहेको बताइएको छ।
बेलायती सञ्चारमाध्यम द सनको रिपोर्टअनुसार आक्रमणमा मोज्तबालाई यति गम्भीर चोट लागेको थियो कि उनको एउटा खुट्टा काट्नुपर्यो। साथै उनको पेट र कलेजोमा पनि क्षति पुगेको थियो। त्यसैले उनी कोमामा छन्।
आफ्ना बुबा तत्कालीन सर्वोच्च नेता अली खामेनी मारिएपछि मोज्तबाले मार्च ९ देखि सर्वोच्च नेताको पद ग्रहण गरेका थिए।
तर इरानको सरकारले उनको अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी जारी गरेको छैन।
प्रकाशित मिति: शुक्रबार, फागुन २९, २०८२ ०६:४१
प्रतिक्रिया दिनुहोस्







