११ महिनामा ६ हजार विपद्का घटना, ३ हजार बढीले गुमाए ज्यान

काठमाडौं । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् ।

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, ११ महिनामा विपद्‌मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् ।

विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार, सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।

सो अवधिमा बाढीका ३१८, पहिरो ५९०, भारी वर्षा ४२९, चट्याङ ३६७, सर्पदंश ५९२, डढेलो २४६ वटा घटना भएका छन् ।

त्यस्तै, हावाहुरीका २९२, जनावर आक्रमण ४८८, लेक लागेका ११९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुंगा पल्टेर दुईवटा घटना घटेका छन् । त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update