पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भ्रष्टाचार गर्ने २१ जना विरुद्ध मुद्दा, को–को परे ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो ।

अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो ।

अख्तियारले ४६ करोड, १५ लाख, ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ ।

अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम र राजन पोखरेल तथा प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावललाई विपक्षी बनाएको छ ।

यस्तै, प्राधिकरणका तत्कालीन निर्देशक स्व.ध्रुवदास भोछिभोया, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मीलाई पनि विपक्षी बनाइएको छ ।

अख्तियारले राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल, राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृतरउपप्रबन्धक सविन फुयाललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update