कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि ​गर्ने तयारी

काठमाडौं- नेपाली कांग्रेसले २०८३ सालको दशैं अगाडि नै नियमित महाधिवेशन गर्ने तयारी गरेको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठक भोलि अर्थात् चैत १० बाट शुरू हुँदै छ । उक्त बैठकमा पार्टी सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशनका लागि कार्यतालिका पेस गर्ने तयारी गरेका छन् ।

एक पदाधिकारीले दिएको जानकारीअनुसार १५औं महाधिवेशन दशैं अघिनै सम्पन्न गर्ने गरी तयारी भएको छ । ‘भोलिबाट बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउने र छलफलपश्चात् पारित गर्ने छ । सभापति गगन थापाले तालिका प्रस्तुत गर्नुहुनेछ,’ ती पदाधिकारीले भने, ‘हाम्रो तयारी दशैं अगाडि नै नियमित १५औं महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गर्ने रहेको छ ।’

यस वर्षको दशैं असोज अन्तिम साता र कात्तिक महिनामा परेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update