अर्थ मन्त्रालयका ३० जना उपसचिवको एकसाथ सरुवा, को कहाँ पुगे ?

 

काठमाडौं । अर्थ मन्त्रालयले एकसाथ ३० जना उपसचिवको सरुवा गरेको छ । 

मन्त्रालयमा रहेका उपसचिवहरुलाई भन्सार विभाग, आन्तरिक राजस्व विभागसहित मातहतका निकायहरूमा सरुवा गरिएको हो ।

यसबाहेक कतिपय उपसचिवहरूको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरुवा भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालय सम्हालेपछि पहिलो पटक उपसचिवहरुको सरुवा भएको हो ।

चैत १५ गते उपसचिव सरुवाको निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ ।

को कहाँ ? हेर्नुस विवरण

 

प्रकाशित मिति: सोमबार, चैत १६, २०८२  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update