काठमाडौं । नेपालले आज (चैत १७) एएफसी एसियन कप छनोटअन्तर्गत लाओससँग खेल्दै छ ।
खेलमा नेपाल पहिलो लेगको हारको बदला लिँदै जितसहित प्रतियोगिता टुंग्गाउने लक्ष्यमा हुनेछ । गत वर्ष सम्पन्न पहिलो लेगमा नेपाल २–१ ले पराजित भएको थियो ।
लाओस भने पाहुना टोलीविरुद्ध दोस्रो लेगमा पनि जित हासिल गर्ने लक्ष्यमा हुनेछ ।
यी दुईबीचको खेल लाओसको भिन्टियानेस्थित न्यु लाओस राष्ट्रिय रंगशालामा स्थानीय समयअनुसार ७ बजे हुनेछ ।
नेपाल र लाओसबीच सन् २०२७ मा साउदी अरेबियामा हुने एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत दोस्रो लेग खेल्न लागेको हो ।
यी दुवै छनोटको समूह ‘एफ’ मा छन् । यसअघि नै छनोट होडबाट बाहिरिएका दुवैले तालिकामा समान तीन अंक जोडेका छन् । नेपाल पुछारबाट तालिकाको पहिलो र लाओस दोस्रो स्थानमा छ ।






