‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी बनाउन निर्देशन

काठमाडौं - वैदेशिक रोजगार बोर्डले ‘श्रमाधान कल सेन्टर’लाई प्रभावकारी व्यवस्था गरी सेवाग्राहीमैत्री बनाउन सरोकार भएका निकायलाई निर्देशन दिएको छ । बोर्डले आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी ‘श्रमाधान कल सेन्टर’ को व्यवस्थापन गर्न सरोकार भएका निकायलाई निर्देशन दिएको हो ।

बोर्डका कार्यकारी निर्देशक डा द्धारिका उप्रेतीले बोर्डसँग आबद्ध बिमा संस्था र बोर्डको कल्याणकारी कोषसँग आबद्ध ‘क’ वर्गका बैंकलाई श्रमाधान कल सेन्टरलाई आफ्नो कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य व्यवस्था मिलाउन आज विज्ञप्तिमार्फत निर्देशन दिए ।

‘उपर्युक्त सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका निकायसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं गुनासो र समस्यालाई तत्काल सम्बोधन गर्नका लागि स्थापना गरिएको श्रमाधान कल सेन्टरको प्रचारप्रसार तथा समग्र श्रमआप्रवासन चक्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन आवश्यक छ‚’ विज्ञप्तीमा लेखिएको छ‚ ‘तसर्थ सोको प्रचारप्रसार गर्न तथा सहज रूपमा सेवाग्राहीसम्म पहुँच पुर्याउन बोर्डसँ आबद्ध सङ्घसंस्थाले देहायको मापदण्डअनुसार प्रचारप्रसार सामग्री कार्यालय परिसरमा सबैले सहज रूपमा देख्नेगरी अनिवार्य राख्ने व्यवस्था मिलाउनुहुन अनुरोध छ।’

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update