संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । बैठक आज (चैत २३) बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । 

बैठकमा संसद् सञ्चालनमा दलहरूबीच सहमति जुटाउन र आगामी कार्यसूची तय गर्ने बताइएको छ । 

बैठकमा प्रतिनिधिसभाको पहिलो बैठकमा पेस भएका तीनवटा अध्यादेशहरूलाई स्वीकृत गर्ने प्रस्ताव लैजाने तयारी गरिएको छ ।

आजै संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै छ । 

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update