काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

काठमाडौं । प्रहरीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गएराति गोली चलाएको प्रहरीले जनाएको छ । 

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ । 

यसअघि प्रहरीले सोमबार बेलुका रूपन्देहीको रोहिणी गाउँपालिका–४ मा गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।  

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update