पक्राउ पुर्जीपछि देउवाले लेखे- मेरो जीवन खुला किताब जस्तै हो

काठमाडौं - पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जीवन खुला किताबजस्तै रहेको भन्दै विषयलाई अतिरञ्जित नगर्न अपिल गरेका छन् ।​

सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि बुधबार सामाजिक सञ्जालमार्फत् उनले यस्तो अपिल गरेका हुन् ।सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको उनले बताएका छन् । ​

'नेपालको कानूनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु,' उनले लेखेका छन्, '​स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।​ वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरंजना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।'​​​​​

देउवाले गृहमन्त्री हुँदा आफ्नै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री बनेको समयमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू गरिएको बताएका छन् ।​​ 

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update