काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वडापालिकासँग एक्स्क्लुसिभ अन्तर्वार्तामा पार्टीको आन्तरिक विवादबारे खुलेर बोलेका छन् ।
वडापालिकाका लागि शिव सत्यालसँगको भिडियो अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री देउवाले विशेष गरेर ३ विषयमा आफ्नो धारणा राखेका हुन् ।
नेता देउवाले आफू र आफ्नो परिवारको स्वास्थ्य अवस्था, नेपाली कांग्रेसको आन्तरिक विवाद र रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट उत्पन्न परिस्थितिका बारेमा आफ्नो धारणा राखेका हुन् ।
देउवाले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापासँग आफूले छिट्टै ने भेटघाट गर्ने बताए । जबकि थापाले देउवासँग भेट्न चाहदा समय नपाएको भन्ने चर्चा चलेको थियो ।
यस्तै, देउवापत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्य अवस्थाका बारेमा पनि उनले जानकारी दिएका छन् । गत वर्षको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सांघातिक आक्रमणमा परेका देउवा दम्पत्ती हङकङमा स्वास्थ्य उपचार गराइरहेको थियो । स्वास्थ्य उपचारपछि देउवा नेपाल फर्किए पनि उनकी पत्नी अझै नेपाल फर्किएकी छैनन् । यो विषयमा पनि धेरैको मनमा संसय छ । यो विषयमा पनि देउवाले जवाफ दिएका छन् ।
यससम्बन्धी थप जानकारीको लागि भिडियोमा क्लिक गरी हेर्न र सुन्न सक्नु हुनेछ ।




