होर्मुज स्ट्रेटमा ट्रम्पले सुरु गरे नाकाबन्दी
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज स्ट्रेटमा अमेरिकी समयअनुसार सोमबार बिहान १० बजेदेखि नाकाबन्दी सुरु गरेका छन्।
नाकाबन्दीनजिक पुग्ने कुनै पनि इरानी जहाजलाई तुरुन्तै नष्ट गरिने चेतावनी उनले दिएका छन्।
उनले भनेका छन्, ‘यसका लागि लागुपदार्थ तस्करलाई रोक्न प्रयोग गरिने विधि नै प्रयोग गरिनेछ: द्रुत र कडा कारबाही।’
ट्रम्पका अनुसार यस निर्णयअन्तर्गत होर्मुज स्ट्रेटबाट पार गर्न खोज्ने कुनै पनि जहाजलाई रोकिनेछ र निरीक्षण गरिनेछ।
इरानलाई शुल्क तिरेका जहाजहरूमा विशेष ध्यान दिइनेछ।
प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३ ०६:३७
प्रतिक्रिया दिनुहोस्






